सत्य तमु आमा समूह को सूचना

द नं 1913/064. सत्य तमु आमा समूह रामदी, देउराली -7 मिति : 19 मार्ग 2069 श्रीमान /श्रीमती/ सुश्री बिदेशमा सेवारत रामदी गाउँ बासीहरु .... बिषय : आर्थिक सहयोगका साथ आर्थिक संकलन कार्यमा सहयोग गर्ने बारे । महोदय, वस्तुत: सत्य तमु आमा समूह रामदी नामक संस्थाको कार्य समिति तथा गाउँ बासी सबैको मिति 2068/9/13 को सामुहिक निर्णय अनुसार बहुउदेश्यीय सामुदायीक साझा भबन निर्माण गर्ने उद्श्य भएको हुदा आर्थिक तर्जुमा गर्नु परेको छ । गाउँबासी सबैले किस्ताबन्दी रुपमा आ -आफ्नो आर्थिक औकता अनुरुप चन्दा दिदै जानुपर्ने र पेन्सनरले एक महिनाको पेन्सनमा पहिलो किस्ता स्वरूप न्युनतममा आधार महिनाको रकमका साथ आबश्यकता अनुसार क्रमस :दिदै जानुपर्ने समेत निणर्य भएको छ । अत :बिदेशमा सेवारत सबैले आ-आफ्नो आम्दानीको आधारमा आर्थिक सहयोग गरेर र अन्यले पनि स्वेईच्छाले चन्दा दिएर उत्साह दिलाउनु पर्ने स्थिती छ । निकट भविष्यमा चन्दादातालाई अभिलेख राखी आबश्यक सम्मान दिने समेत निर्णय भएको जानकारी गराउदै संकल्पित उदेश्यलाई पूर्णता दिन सहयोग गरी दिनु हुन अनुरोध गर्दछौ । साथै अधिकतम मनोरम तथा मनमोहक यथेष्ट प्राकृतिक सौन्दर्यताले भरिपुर्ण भुखण्डमा अबस्थित सुविधायुक्त औ आरामदायक वाक्लो बस्ती भयको "रामदी" नामक सानो सुन्दर गाउँमा जन्मेकाहरु र अन्य सबैका लागि आवासको रुपमा उपरोक्त साझा भवन प्रयोग हुनेछ कि परिस्थितिवस प्यारो जन्मथलोलाई छोडेर विभिन्न ठाउमा गई जीवनयापन गर्नु परे पनि हाम्रो बिचको अमुल्य माया प्रगाढ तथा चिरस्थायी रहोस र भानिश्यमा भाबी सन्ततिहरुको बिचमा अन्तर सम्बन्ध सुमधुरका साथै आदान प्रदान निरन्तर बढ्दै जाओस् । फलत: हाम्रो बिशुद स्वप्न साकार पार्ने अभियानमा आधारित अथक सतप्रयासमा सहभागी भै उन्नत एबम उदार सकल्प अनुसारको उच्च मनिस्थिति साथ मनग्गे आर्थिक सहयोग गर्नु हुन र आर्थिक संकलन कार्यमा समेत सहयोग गर्नु हुन बिनम्र अनुरोध गर्दछौ । पुनश्च: एक महिनाको पेन्सन उठाउने निर्णय भएको जानकारी गराउदै चन्दा रकम आर्थिक समितिलाई उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछौ । (मंगली गुरुङ ) रामदी, देउराली -7

Comments