Posts

Showing posts from December, 2012

उनको लक्ष्य कसैले उपचारमा सहयोग गरे पढेर स्वाभिमानीपूर्वक बाँच्ने र असल मानिस बन्नेछ ।

Image
देउराली (कास्की)- सँगैका सहपाठीहरू झोलाभरि पुस्तक च्यापेर पढ्न जाँदा यहाँकी १७ वर्षीया सुस्मिता गुरुङ भने विद्यालय जाने बाटो टुलुटुलु हेर्दै घरमै बसिरहेकी हुन्छिन् । प्राथमिक तहसम्म सधैं पढाइमा उत्कृष्ट हुने उनी पिठ्यूँमा अचानक मासुको ढल्लो बढ्दै गएर अहिले हिँड्डुल गर्न नसकेपछि मनभरिको पढ्ने इच्छा दबाएर बस्न बाध्य भएकी हुन् । 'एउटै कक्षामा पढेका साथीहरू स्कुल जाँदा मलाई पनि त जान मन लाग्छ नि' अपांगताका कारण घरमै बस्नुपरेकोमा रुँदै उनले दुःखेसो पोखिन् । 'घरमा ठूलो परिवार एक्लो बाबाको कमाइले बाँच्नुपरेको छ । खान लाउन त समस्या छ, कसरी उपचार गरिदेऊ भन्ने ?' कास्कीको देउराली ३ बिमिरेकी उनको लक्ष्य कसैले उपचारमा सहयोग गरे पढेर स्वाभिमानीपूर्वक बाँच्ने र असल मानिस बन्नेछ । 'पोखराको हरियो खर्कमा कृत्रिम खुट्टा र छातीमा लगाउने पेटी दिएका थिए, तर पछि अप्ठ्यारो भएकाले प्रयोग गर्न मिलेन,' स्थानीय विश्वशान्ति उच्च मावि देउरालीमा प्रवेशिका उत्तीर्ण गरेकी उनले भनिन्, 'राम्रोसँग पढेर राम्रो मान्छे बन्ने मेरो चाहना अस्वस्थ्य भएर पूरा हुन सकेको छैन, सहयोग पाएर उपचार गर...

Happy New Year 2013

Image

बिश्व शान्ति उ मा बि को बार्षिकउत्सबमा डान्स गर्ने साना नानीहरु

Image

सत्य तमु आमा समूह को सूचना

द नं 1913/064. सत्य तमु आमा समूह रामदी, देउराली -7 मिति : 19 मार्ग 2069 श्रीमान /श्रीमती/ सुश्री बिदेशमा सेवारत रामदी गाउँ बासीहरु .... बिषय : आर्थिक सहयोगका साथ आर्थिक संकलन कार्यमा सहयोग गर्ने बारे । महोदय, वस्तुत: सत्य तमु आमा समूह रामदी नामक संस्थाको कार्य समिति तथा गाउँ बासी सबैको मिति 2068/9/13 को सामुहिक निर्णय अनुसार बहुउदेश्यीय सामुदायीक साझा भबन निर्माण गर्ने उद्श्य भएको हुदा आर्थिक तर्जुमा गर्नु परेको छ । गाउँबासी सबैले किस्ताबन्दी रुपमा आ -आफ्नो आर्थिक औकता अनुरुप चन्दा दिदै जानुपर्ने र पेन्सनरले एक महिनाको पेन्सनमा पहिलो किस्ता स्वरूप न्युनतममा आधार महिनाको रकमका साथ आबश्यक...

Map in Deurali

Image