देउरालीको बारेमा केहि जानकारी
नेपालको दोश्रो राजधानीको रुपमा लिइने पर्यटकीय शहर पोखराबाट करिब 26 किलोमिटर पूर्वमा रहेको हाम्रो गाउँ हो देउराली । यस गा बि स मा ब्रामण, छेत्री ,गुरुङ तेसपछी नेवार समुदायको बाहुल्यता रहेको छ । सबै वडामा मोटर बाटो र बिधुतको सुबिधा पुगेको छ । विभिन्न जातजातिले समय समयमा आफ्नो जातीय सस्कृतिको नाचहरु पनि नचाउदै आयको छ । यहाँ उच्च मा बि ,बोर्डिंग स्कूल , उप स्वास्थ चौकी, भेटेरिनरी ,प्रहरी चौकी साथै बजारमा इमेल, इन्टरनेट, नेट फोन, मोबाइल मर्मत तथा बेचबिखन , हरेक इलेक्ट्रोनिक्स समान, स्टेसनरी,मेडिकल ,फेन्सी पसल ,किराना पसल,फ्रेस हाउस, तरकारी पसल, भाडा पसल, हार्डवयर, फर्निचर, सुनचादी पसल, होटेल, ब्युटिपार्लर, सैलुन आदि विभिन्न सुबिधा रहेको छ । हामी देउराली गाबिसको सम्पूर्ण गतिबिधिहरुलाई तपाईहरु माझ लेराउने प्रयास गर्ने छौ ।बाकी जानकारीको लागि हाम्रो वेब साईट हेर्दै गर्नुहोला ।
Comments
Post a Comment